पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ हजार २ सय ३३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ९२ जनाको पिसिआर र ४ हजार ३ सय ४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यसको संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० पुगेको छ।
हाल सक्रिय संक्रमित ३५ हजार ८ सय ७४ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ।