• शुक्रबार, असोज ९ २०८३

नागढुङ्गा–नौबिसे सडकखण्ड पूर्णरुपमा सञ्चालन


सोमबार, भाद्र १४ २०७८
540
Shares


अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ ।

त्रिभुवन राजपथस्थित चिसापानी धारा नजिक पहिरो जाँदा आज बिहान ५ः ३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर अगाडिदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो ।

पहिराले अवरुद्ध सडक दुईवटा स्काभेटरको सहायताले ६ घण्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो झरेपछि राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारीसाधन लामबद्धमा परेका छन् ।

पहिरोका कारण काठमाडौँतर्फ थानकोट र धादिङतर्फ खानी खोलासम्म सवारी जाम परेको थियो । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमा पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार