• शुक्रबार, असोज ९ २०८३

पीएसजीमा मेस्सीको डेब्यु, २० हजार टिकट विक्रि


सोमबार, भाद्र १४ २०७८
645
Shares

काठमान्डौं । अर्जेन्टिजी स्टार फरबर्ड लियोनल मेस्सीले फ्रान्सेली लिग वानअन्तर्गत राइम्सविरुद्धको खेलबाट पीएसजीमा डेब्यु गरेका छन्।

आइतबार राति भएको खेलमा मेस्सीले खेलको ६६ औँ मिनेटमा डेब्यु गरेका हुन । ३० नम्बरको जर्सीमा मैदान उत्रेका मेस्सीले नेयमारलाई रिप्लेस गरेका थिए। खेलमा पीएसजीले राइम्सलाई २–० को अन्तरले पराजित गरेको थियो ।

पीएसजीका केलियन एम्बापेले खेलको १६ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। एम्बापेले डि मारियाको क्रसमा हेडर गोल गरेका थिए। खेलको ६३ औँ मिनेठमा एम्बापेले दोस्रो गोल गरे।

पीएसजीबाट मेस्सीले खेल्ने भएपछि २० हजार टिकट विक्रि भएको थियो। यसअघि ६ हजार टिकट विक्रि हुँदै आएको थियो।

जितसँगै ४ खेलबाट १२ अंक जोेडेको पीएसजी शीर्ष स्थानमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार