काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ पीसीआर परीक्षणमा १ हजार २ सय १४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षणमा १ सय ७४ जना गरी १ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।