• बुधबार, कार्तिक २६ २०८३

गोरखाका एक युवक पुलबाट खसेर बेपत्ता


आइतबार, भाद्र १३ २०७८
540
Shares


गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका एक युवक काठे पुल तर्ने क्रममा लडेर बेपत्ता भएका छन् ।

स्थानीय ३२ बर्षका धावा रेतर लामा खङ्सारस्थित घ्याल्बो खोलामा पुल तर्ने क्रममा लडेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

लामा शनिबार दिउँसो करिब चार बजे ग्याला लेकमा घोडा चराएर घर फर्कने क्रममा काठेपुल तर्दै गर्दा चिप्लिएर खोलामा खसेका थिए । घोडा भने सकुशल अवस्थामा गाँउमै रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए ।

उक्त खोला मनास्लु तालबाट बगेको ठाडो खोला रहेको र घटनास्थलदेखि करिव एक सय मिटर तल बुढीगण्डकी नदीमा मिसिएको छ ।

स्थानीय वासिन्दाको सहयोगमा बेपत्त युवकको खोजी भइरहेको डीएसपी दाहालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार