• शुक्रबार, असोज ९ २०८३

बाघको छाला र हड्डीसहित ३ जना पक्राउ


आइतबार, भाद्र १३ २०७८
720
Shares


बाघको छाला, र हड्डीसहित तीन जना पक्राउ परेका छन्।

व्यास नगरपालिका— ५ पतेनीस्थित पक्की पुल नजिकबाट शनिबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।

व्यास नगरपालिका— ६ सिरुबारीका ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ ओखल्दीका ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिकाको वडा नम्बर १ रतनपुरका ३२ वर्षीय सन्तोष गुरुङ पक्राउ परेका हुन्।

केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं र जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक क्षेत्रीका अनुसार उनीहरूबाट बाघको छाला, दाँत, हड्डी र खप्पर लगायतका वस्तु फेला परेको थियो। एउटा ५ फिट ७ इन्च लम्बाइ २ फिट ५ इन्च चौडाई भएको र अर्को तीन फिट लम्बाई एक फिट ५ इन्च चौडाइ भएको बाघको छाला बरामद भएको हो।

त्यस्तै बाघका एक सय २२ वटा साना तथा ठूला हड्डी बरामद भएको प्रहरी निरीक्षक क्षेत्रीले बताए।

उनीहरूको सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय दमौली तनहुँमा पठाएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार