• शुक्रबार, असोज ९ २०८३

अमेरिकामा १८५० औं दशकयताकै खतरनाक आँधी आउने चेतावनी


आइतबार, भाद्र १३ २०७८
1.4K
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकाको लुइजियाना राज्यमा सन् १८५० औं दशकयताकै खतरनाक आँधी आउने चेतावनी दिइएको छ ।

हुरिकेन इदा नाम दिइएको उक्त आँधी आइतबार लुइजियाना राज्य आइपुग्ने बताइएको छ । हुरिकेन सन् १८५० यताकै विनाशकारी रहेको र प्रतिघण्टा २१० किलोमिटर हावाको वेगमा आउने निकै शक्तिशाली भएको हुरिकेन सेन्टरले जनाएको छ । उक्त हुरिकेनले भारी वर्षा र आँधी तुफान ल्याउने जनाइएको छ ।

यसअघि सन् १८५० मा लुइजिनिया प्रान्तमा इतिहासकै विनाशकारी हुरिकेन आएको थियो । उक्त हुरिकेनभन्दा इदा हुरिकेन झनै खतरनाक रहेकाले स्थानीयहरुलाई सर्तक रहन अधिकारीहरुले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार