काठमान्डौं । विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले आइतबार पेरिस सेन्ट जर्मन (पीएसजी) बाट डेब्यु गर्दै छन्।
आगामी सिजनका लागि बार्सिलोना छाडेर पीएसजी गएका मेस्सीले आज आइतबार लिग वानको चौथो खेलमा राइम्ससँगको खेलमा डेब्यु गर्ने भएका छन् । खेल नेपाली समय अनुसार मध्यराति साढे १२ बजे हुनेछ।
सुरुवाती ३ खेलमा बेन्चमा रहेका मेस्सी आजको खेलमा पहिलो रोजाइमा मैदान उत्रन्छन् वा बेन्चमा रहन्छन् भन्ने एकीन भने छैन।
राइम्सविरुद्धको आजको खेलमा मेस्सीसँगै नेमार र केलियन एमबाप्पे एकैसाथ मैदानमा देखिने सम्भावना छ। मेस्सीले दायाँ, नेयमार बाँया र एम्वापे सेन्ट्रल भागबाट खेल्नेछन्।
यसअघिका तीन खेलमा मेस्सी र नेयमारविनै मैदान उत्रेको पीएसजीले शतप्रतिशत नतिजा निकालेको छ। ३ खेलबाट ९ अंक जोडेको पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ।