घुस लिएको आरोपमा त्रिभुवन विमानस्थलमा कार्यरत असईसहित दुई जना प्रहरी पक्राउ परेका छन्।
आइतबार विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सञ्जिब बस्नेत र प्रहरी जवान सुरज खड्कालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरूले लागुऔषध कारोबारी गर्ने एक महिलासँग ९० हजार घुस लिएको आरोप छ। प्रहरी स्रोतका अनुसार उनीहरूले ती महिलासँग सुरूमा दुई लाख रुपैयाँ मागेका थिए। महिलाले ९० हजारमात्रै दिएपछि उनीहरूले थप १० हजार नगद माग गरिरहेका थिए।
प्रहरीद्वयले उनीबाट कहिले पैसा लिएको भन्ने परिसरले खुलाएको छैन। प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।