• शुक्रबार, असोज ९ २०८३

स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्षस्थानमा


आइतबार, भाद्र १३ २०७८
1.2K
Shares

काठमान्डौ । रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा रियल बेटिसलाई १–० गोलले हराउँदै रियल म्याड्रिड शीर्षस्थानमा पुगेको हो ।

रियलको जितमा ड्यानीयल कार्भाजलले ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए।

जितसँगै शीर्षस्थानमा रहेको रियलले तीन खेलबाट सात अंक बनाएको छ। रियलले गोलअन्तरका आधारमा शीर्षस्थान कब्जा गरेको हो। समान सात अंक बनाएको सेभिया भ्यालेन्सिया र मालोर्का क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छ। रियलसँग पराजित बेटिस दुई अंकसहित १४औं स्थानमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार