• शुक्रबार, असोज ९ २०८३

श्रीमतीद्धारा हँसिया प्रहार गरी श्रीमानको हत्या


आइतबार, भाद्र १३ २०७८
1.2K
Shares

एक महिलाले हँसिया प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निवासी ५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल पुरीलाई हँसिया र बाँसको चिर्पट प्रहार गरि आज विहान हत्या गरेकी हुन् ।

घरायसी विवाद हुदा श्रीमानलाई हँसिया​ र बाँसको चिर्पट प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले बताए ।

हत्या गर्ने योगीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार