काठमान्डौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल र चेल्सीले १(१ गोलको बराबरीमा खेलेका छन्।
खेलको २२औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए भने पहिलो हाफको अन्तिम समयमा मोहमद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेलमा बराबरी गरेका हुन ।
प्रिमियर लिगमा तेस्रो खेलसम्म चेल्सी र लिभरपुल दुबै अपराजित छन् । उनीहरु दुबैले सुरुवाती दुई खेल जितेका थिए ।
लिभरपुल र चेल्सीले ३ खेलबाट समान ७ अंक जोडेक छन । लिभरपुल तालिकाको तेस्रो स्थानमा छ भने चेल्सी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
।