• शुक्रबार, असोज ९ २०८३

पहिरोले घर पुरिँदा १० वर्षीया बालिकाको मृत्यु


आइतबार, भाद्र १३ २०७८
655
Shares


हिरोमा परेर पाल्पामा एक बालिकाको मृत्यु भएको छ।

तानसेन नगरपालिका वडा नम्बर ५ कैलाश नगरमा पहिरोले घर पुरिँदा १० वर्षीया बालिकाको मृत्यु भएको हो।

गए राति करिब २स्३० बजे पहिरो खसेको थियो।

स्थानीय नारायण दर्जीको घर पहिरोले पुर्दा १० वर्षीया नैना दर्जीको मृ्त्यु भएको प्रहरीले जनाएको छ। पहिरोले घरमा सुतिरहेकी बालिका घाइते भएकी थिइन्।

उनलाई उद्धार गरी यूनाइटेड मिसन अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार