• बिहिबार, साउन १४ २०८३

गोरखामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ६०


आइतबार, भाद्र १३ २०७८
635
Shares


गोरखा । गोरखामा केही दिनदेखी कोरोना संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ ।

शनिबार ६८ जना निको भएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय ६० मा झरेको छ । यस्तै हिजो २ सय ५१ जनामा गरीएको एन्टिजेन परीक्षणमा थप ४ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले सबै भन्दा धेरै आरुघाट गाउँपालिकामा ४७, गोरखा नगरपालिकामा ३९, भीमसेन थापामा ३०, पालुङटारमा १७, धार्चेमा १२, बारपाक सुलिकोटमा ७, अजिरकोटमा ५, सिरानचोकमा २ र गण्डकीमा १ जना सक्रिय संक्रमित रहेका छन् । चुमनुब्रीमा र शहिद लखनमा भने संक्रमित संख्या शून्य रहेको छ ।

संक्रमित मध्ये ८ जना कोभिड अस्पतालमा उपचारत छन् । पिसिआर नमुना संकलन गरी परीक्षणका लागि पठाइएको एक सय ३६ जनाको पिसिआर रिर्पोट भने आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार