• बिहिबार, साउन १४ २०८३

नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख नाघ्यो


शनिबार, भाद्र १२ २०७८
550
Shares


पछिल्लो २४ घण्टामा थप २ हजार २ सय २२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित नेपालमा कोरोना निको हुनेको संख्या ७ लाख १० हजार पुगको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । आज १३ हजार १७६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

त्यस्तै, यसको संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।

हाल सक्रिय संक्रमित ३६ हजार ८६६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.७ प्रतिशत रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार