काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ पीसीआर परीक्षणमा १ हजार ५ सय १६ जना र ३ हजार ७ सय ६७ एन्टिजेन परीक्षणमा ३ सय ४१ जना गरी १ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ हजार २ सय २२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।