गोरखा । ‘कमेडी च्याम्पियन सिजन २’ को उत्कृष्ठ ४ मा गोरखाका सन्तोष थापा पुगेका छन् ।
पालुङ्टार नगरपालिका वडा न ६ घर भएका थापा नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजनको उत्कृष्ठ ४ मा पुगेका हुन । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो हाल टप ४ सम्म आईपुगेको छ ।
यो शोको उत्कृष्ट ४ मा पुगेका प्रतिस्पर्धीविच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ । प्रतिस्पर्धीहरुको भिडमा गोरखाका सन्तोष थापाको प्रस्तुती चर्चामा छ । उनी कार्यक्रमको अडिसन राउन्डबाट नै चर्चामा थिए ।
उत्कृष्ठ र तार्किक ब्यंग्यका कारण दर्शकसामु चर्चित रहेका थापाले आगामी यात्राका लागि भोट गरिदिन आह्वान गरेका छन् ।
