• बुधबार, कार्तिक २६ २०८३

आजदेखि गोरखामा निषेधाज्ञा खुकुलो, के—के खुल्यो ?


शनिबार, भाद्र १२ २०७८
720
Shares


गोरखा । गोरखामा जारी निषेधाज्ञा आजदेखी केही खुकुलो गरिएको छ । जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बिहीबार बसेको बैठकले भदौ १२ गते आज (शनिबार)देखि निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लामा कोरोना संक्रमण दर बढेपछि गत भदौ १ गते राती १२ बजेदेखि १० दिनसम्मका लागी कडा निषेधाज्ञा लागु गरेको थियो ।

उक्त निर्णय परिमार्जन गर्दै निषेधाज्ञा खुकुलो गरी भदौ १८ गते राती १२ बजे सम्म थप गरिएको प्रमुख जिल्ल अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

बैठकले आजदेखी निजी तथा सार्वजनिक सवारी साधन जोर/बिजोर प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै बजार बिहान ५ बजेदेखी दिउँसो २ बजे सम्म खोल्न पाउने, रेष्टुरेन्ट र मिठाई पसल बेलुका ५ बजे सम्म खोल्न पाउने गरेको जिल्ल प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र्हक बहादुर रोकाले जानकारी दिए ।

यस्तै बैंक तथा वित्तिय संस्थाले नियमित रुपमा सेवा प्रवाह गर्ने तर, राष्ट्रिय वाणिज्य बैंकको सेवा भने अझै एक हप्तासम्म बन्द राख्ने निर्णय गरेको हो ।

बैठकले सबै प्रकारको सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, भेला, जात्रा तथा महोत्सवलगायतका कार्यक्रमहरु गर्न पनि निषेध गरिएको छ ।

होटल तथा लज पनि जनस्वास्थ्य मापदण्ड पालना गर्दै कुल कोठा संख्याको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

त्यस्तै मालपोत, प्रशासनलगायतका कार्यालयहरुको सेवा बार अनुसार सुचारु गराउने निर्णय भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार