काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार १ सय १७ जनामा परीक्षण भएको थियो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६ सय ६३ पुगेको छ ।
यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९ सय ४८ पुगेको छ भने त्यसमध्ये ७ लाख ८ हजार २ सय ३० जना निको भएका छन् ।
हाल देशभर ३७ हजार ५ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।