• शुक्रबार, असोज ९ २०८३

गाई मारेको आरोपमा पक्राउ


शुक्रबार, भाद्र ११ २०७८
575
Shares

Modern metal handcuffs. Vector illustration in flat style


गाई मारेको आरोपमा बझाङको खप्तडछान्ना गाउँपालिकाबाट एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा २८ वर्षीय जनक आग्री रहेका छन् ।

जनकले खप्तडछान्नाका–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई लगेर चिर्पटले हिर्काएर मारेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

राजकोट–५ स्थित छात्रबास फलामे पुलमा गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिप्रका बझाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार