काठमाडौं । बेलायत सरकारले नेपाललाई १ लाख ३० हजार अस्ट्राजेनेका कोभिड–१९ खोप सहयोग गरेको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन् ।
राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन यसअघि पनि भेन्टिलेटर, पीपीई लगायतका स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको बताइन् ।
नेपाललाई उपलब्ध गराइएको खोप बेलायतले कोभ्याक्स सुविधा अनुदानबाहेक दुई पक्षीय सहयोगअन्तर्गत रहेको उनले बताइन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटमार्फत बेलायत सरकारको सौजन्यमा एक लाख ३० हजार डोज एस्ट्राजेनेका खोप प्राप्त भएको बताएका छन् ।
उक्त खोप राजदूत पोटिलले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. दीपेन्द्र रमन सिंहलाई हस्तान्तरण गरेकी हुन् ।