• शुक्रबार, असोज ९ २०८३

जिल्लाको विभिन्न ठाँउमा गाँजा फाड्दै गोरखा प्रहरी


शुक्रबार, भाद्र ११ २०७८
1.2K
Shares


गोरखा । जिल्लाको बारपाक सुलिकोट र सिरानचोक गाँउपालिकाका विभिन्न ठाँउमा प्रहरीले गाँजा फडानी गरेको छ ।

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

बारपाक सुलिकोट — ६ स्थित बास्कोट, पाल्खु, पोखरी गौह्र तथा कोटचोक लगायत क्षेत्रमा करिब एक हजार गाँजाको बोट काटेर नष्ट गरिएको हो ।

यस्तै सिरानचोक वडा नम्बर १ र ८ स्थित चैनपुर, चिसापानी र धारापानीको बिभिन्न स्थानहरुमा करिब एक सय ३० बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मताहतका प्रहरी चौकी तथा स्थानीयको सक्रियतामा प्रकृतिक रुपमा उम्रिएका लागुऔषधका रुपमा प्रयोग हुने गाँजाका बोटहरु नष्ट गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार