काठमाडौं उपत्यकामा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष माथि उमेर समूहका सबैलाई आजदेखि यसको दोस्रो मात्रा दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।
यसैगरी विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकलाई, सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रा लगाइने छ ।