• शुक्रबार, असोज ९ २०८३

समयमै उद्धार नहुँदा गोरखामा सुत्केरीको मृत्यु


शुक्रबार, भाद्र ११ २०७८
915
Shares


गोरखा । समयमै उद्धार नहुँदा उत्तरी गोरखामा एक सुत्केरीको ज्यान गएको छ ।

चुमनुब्री गाँउपालिका —६ कोम्बाकी २५ वर्षीया हिसे डोमा लामाको हेलिकोप्टरबाट उद्धारका लागि प्रक्रिया पूरा गर्दागर्दै बिहिबार दिउँसो तीनबजे मृत्यू भएको स्थानीय फुर्बा याङ्जेन लामाले जानकारी दिइन् ।

ती महिलाले बच्चा भने बुधबार राती १२ बजे नै जन्माए पनि २४ घण्टासम्म सालनाल झर्न नसकेर सुत्केरी मृत्यु भएको उनले बताइन् ।

उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर उपचारका लागी अन्यत्र लैजाने तयारी हुदाँ हुदै उद्धार गर्ने झण्झटिलो प्रक्रियाका कारण समैयमा नै अस्पताल पुर्याउन नसकेको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले बताइन् ।

राष्ट्रपति महिला तथा उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागी निःशुल्क हवाइ उद्धारको व्यवस्था छ ।

हेलिकोप्टरका लागि स्थानीय स्वास्थ्यचौकीले गाउँपालिकाको स्वास्थ्य शाखालाई, स्वास्थ्य शाखाले गाउँपालिका कार्यालयलाई, गाउँपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई र जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयलाई खबर गर्नुपर्ने व्यवस्था रहेकाले उद्धार कार्य ढिला भएको उपप्रमुख गुरुङले बताइन् ।

बिहानै देखी बाक्लो हुस्सु लागेको कारण हेलिकोप्टर ल्याण्डीङमा पनि समस्या भएको उनले जानकारी दिइन् ।

सडक सञ्जालसँग नजोडिएको चुमनुब्रीमा हेलिकोप्टरमार्फत बिरामीको उद्धार गर्नु पर्ने स्थिती रहँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार