पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ३ सय ७४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ९ हजार ७०२ जनाको पिसिआर र ४ हजार ६ सय ७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, १ हजार ९ सय २९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यसको संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ।
हाल सक्रिय संक्रमित ३८ हजार ३ सय ८४ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.५ प्रतिशत रहेको छ।