• शुक्रबार, असोज ९ २०८३

सिप्रदी ट्रेडिङले सार्वजनिक गर्यो टाटाको ‘प्रिमियम सफारी’


बिहिबार, भाद्र १० २०७८
635
Shares

काठमान्डौं । सिप्रदी ट्रेडिङले नेपाली बजारमा ‘अल न्यु सफारी’ सार्वजनिक गरेको छ।

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘प्रिमियम सफारी’ सार्वजनिक गरेको हो। कम्पनिका अनुसार यस नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका शो–रुमहरुमार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको कम्पनिले बताएको छ।

बीएस ६ इन्जिन रहेको गाडीको क्षमता १९ सय ५६ सीसी रहेको छ। ४ सिलिन्डर रहेको गाडीमा ६ स्पिड अटोमेटिक र म्यानुअल ट्रान्समिसन रहेको छ। सिप्रदी टे«डिङले २ वटा एडिसनमा ९ वटा मोडल नेपालमा उपलब्ध हुने जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार