गोरखा । गोरखामा आज बसेको जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जारी निषेधाज्ञा केही खुकुलो गरी भदौ १८ गते सम्म थप गरेको छ । यस अघि जारी गरेको निषेधाज्ञा भोली ११ गते (शुक्रबार) राती १२ बजेदेखी सकिँदै छ ।


भदौ १२ गते राती १२ बजेदेखी लागु हुने निषेधाज्ञामा बजार बिहान ५ बजेदेखी दिउँसो २ बजे सम्म खोल्न पाउने, रेष्टुरेन्ट र मिठाई पसल बेलुका ५ बजे सम्म खोल्न पाउने निर्णय गरेको जिल्ल प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र्हक बहादुर रोकाले जानकारी दिए ।
यस्तै आजको बैठकले निजी तथा सार्वजनिक सवारी साधन जोर/बिजोर प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।
यस्तै बैंक तथा वित्तिय संस्थाले नियमित रुपमा सेवा प्रवाह गर्ने तर, राष्ट्रिय वाणिज्य बैंकको सेवा भने अझै एक हप्तासम्म बन्द राख्ने निर्णय गरेको हो ।

बैठकले सबै प्रकारको सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, भेला, जात्रा तथा महोत्सवलगायतका कार्यक्रमहरु गर्न पनि निषेध गरिएको छ ।
होटल तथा लज पनि जनस्वास्थ्य मापदण्ड पालना गर्दै कुल कोठा संख्याको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
त्यस्तै मालपोत, प्रशासनलगायतका कार्यालयहरुको सेवा बार अनुसार सुचारु गराउने निर्णय भएको छ ।
