काठमाडौं । भारत सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट सहयोग प्रदान गरेको छ ।
आज विहीबार भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतीय जनता र सरकारको तर्फबाट नेपाली जनता र सरकारलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको नेपालका लागि भारतीय राजदूत क्वात्राले बताए ।