काठमाडौं । जनवादी गायक जुठबहादुर खड्गी (जेवी) टुहुरेको निधन भएको छ ।
७८ वर्षीय गायक टुहुरे मुटुरोग, मधुमेह र उच्च रक्तचापको समस्यामा रहेका थिए । उनको बयोधा अस्पतालमा उपचारको क्रममा बिहीबार निधन भएको हो ।
टुहुरे माओवादी केन्द्रका तर्फबाट सांसदसमेत बनेका थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । उनको ‘आमा दिदी बहिनी हो’ बोलको गीत लोकप्रिय छ ।