काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार हिजो बुधबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज विहीबार तोलामा २०० को दरले घटेर ९१ हजार १०० रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुन पनि सोही दरले घटेर आज ९० हजार ६०० रुपैयाँ झरेको महासंघले जनाएको छ ।
यसैगरी, महासंघले आज सुनको मूल्य घटे पनि चाँदीको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । आज चाँदीको प्रतितोला मूल्य एक हजार २ सय १० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।