• शुक्रबार, असोज ९ २०८३

१० कित्ता आइपिओ पर्नेले २ महिनामै कमाए ५० हजार


बिहिबार, भाद्र १० २०७८
810
Shares

काठमान्डौं । जीवन विकास लघुवित्तको १ हजार रुपैयाँको प्राथमिक सेयर (आइपिओ) पर्नेले दुई महिनामै ५० हजार नाफा कमाएका छन्।

प्रतिकित्ता १ सय रुपैयाँ मूल्यमा १० कित्ता पाउनेले जम्मा १ हजार रुपैयाँ तिरेका थिए। त्यही सेयर आज बिहीबार प्रतिकित्ता ५ हजार १९८ रुपैयाँ पुगेको छ। १० कित्ता बेच्नेले कुल ५१ हजार ९८० रुपैयाँ कमाए।

असार ११ गते कम्पनीको आइपिओ खुलेको थियो भने २३ गते बाँडफाँड गरिएको थियो।

दुई महिना नपुग्दै कम्पनीको मूल्य बजारमा प्रतिकित्ता ५१९८ रुपैयाँ पुगेको हो।

मोरङको कटहरीमा प्रधान कार्यालय रहेको कम्पनीको देशभर १३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार