• बिहिबार, साउन १४ २०८३

गोरखा नगरपालिकाले १२ कक्षाका विद्यार्थीलाई आज कोरोना खोप लगाउँदै


बिहिबार, भाद्र १० २०७८
605
Shares


गोरखा । गोरखा नगरपालिकाले आज कक्षा १२ का विद्यार्थीलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउँदै छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत ईश्वर रेग्मीले १८ वर्षमाथिका कक्षा १२ का विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको बताए ।

नगरपालिका भित्रका १३ वटा विद्यालयका विद्यार्थीलाई आज बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरेर भेरोसेल खोपको पहिलो मात्रा लगाइने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार