अफगानिस्तानको राजनितिक परिश्थितीबारे छलफल गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बिहीबार) सर्वदलीय बैठक राख्ने भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार बैठक अहिले बिहान ११ बजे सुरु हुनेछ ।
बैठकमा अफगानिस्तान मामिलाबारे भारतको विदेश मन्त्रालयले सबै दलका नेतासँग संवाद गर्ने बताइएको छ ।
अफगानिस्तान तालिबानले कब्जा गरेपछि भारत निकै सशंकित छ।