काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिइ नेपाल छाड्ने संकेत गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक अलमुताइरीबीचको विवादको विषयमा राष्ट्रिय खेलकुद परिषद ९राखेप०को छानबिन समितिले बुधबार प्रतिवेदन बुझाएपछि कुवेती नागरिक अलमुताइरीले अब पद छाड्ने संकेत देखाएका हुन् ।
परिषद्को छानबिन समितिले एन्फासँगको सम्झौता अनुसारका काम मात्रै गर्नुपर्ने भनेर बुधबार मात्रै उनलाई सचेत गराउँदै प्रतिवेदन सार्वजनिक गरेको छ।
आई एम आउट, लेट पोलिटिक्स वर्क्स भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
यसअघि साउन दोस्रो साता अलमुताइरीले यसैगरी राजीनामाको घोषणा गरेका थिए।