गोरखा । गोरखामा जारी मुद्धाका फरार एक अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला अदालतबाट एक महिना सजाय तोकिएका अजीरकोट गाउँपालिका ४ (साबिक सिम्जुङ गाविस २)का ३२ वर्षीय गोपाल बहादुर बयलकोटीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दहालले जानकारी दिए ।
बयलकोटीलाई बुधबार गोरखा नगरपालिका —६ हरमटारी चोकबाट पक्राउ गरिएको हो ।
पक्राउ गरि तोकिएको कैद भुक्तानको लागि जिल्ला अदालत गोरखा पठाईएको प्रहरीले जनाएको छ ।