• शुक्रबार, असोज ९ २०८३

त्रिविमा उच्च शिक्षा अध्ययन गर्ने पुरुष भन्दा महिलाको संख्या बढी


बुधबार, भाद्र ९ २०७८
745
Shares


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषको भन्दा महिलाको संख्या बढी रहेको पाइएको छ ।

त्रिवि योजना निर्देशनालयको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषको भन्दा महिलाको संख्या बढी देखिएको हो ।

शैक्षिक सत्र २०७६/०७७ मा ४ लाख १५ हजार ७ सय ७७ विद्यार्थीमध्ये महिलाको संख्या २ लाख २२ हजार २ सय ८७ र पुरुषको संख्या १ लाख ८३ हजार ४ सय ९० रहेको तथ्यांकमा उल्लेख छ ।

त्रिवि योजना निर्देशनालयका प्रमुख डा. ऋदिश पोख्रेल त्रिविमा उच्च शिक्षा लिने महिलाको संख्या शैक्षिक सत्र २०७३/०७४ देखि क्रमशः बढेको बताउँछन् ।

शैक्षिक सत्र २०७३/०७४ मा १ लाख ९९ हजार ५ सय ७० जना, २०७४/०७५ मा २ लाख ६ हजार ९ सय २८ र २०७५/०७६ मा २ लाख १५ हजार ८ सय ८४ जना महिलाले उच्च शिक्षा लिएका छन् ।

छोरी—बुहारीले पनि पढ्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतना बढ्दा उच्च शिक्षा लिने महिलाको संख्या बढेको डा. पोखरेल बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार