• बिहिबार, साउन १४ २०८३

गण्डकीमा आज ४ सय ९६ कोरोना संक्रमित थपिँदा, १२ जनाको मृत्यु


बुधबार, भाद्र ९ २०७८
830
Shares


पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा कास्कीका ७ जनासहित स्याङ्जाका २ जना, बागलुङ, पर्वत र तनहुँका १/१ जना छन् ।

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५९ पुगेको छ । गण्डकीमा कोरोनाको दोस्रो लहर वैशाखयता मात्रै १ हजार ५२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो दुई हप्तादेखि गम्भीर संक्रमितको संख्यामा वृद्धि भएको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ४ सय ९६ जना संक्रमित थपिँदा ३८० जना संक्रमित निको भएका छन् । योसँगै प्रदेशभर ४ हजार ३ सय ९८ जना सक्रिय संक्रमित छन् । जसमध्ये ३ सय बढी संक्रमित अस्पतालमा उपचाररत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार