गोरखा । गोरखामा सौतेनी दिदीलाई जबरजस्ती करणी गरेको आरोपमा भाइ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरानचोक गाउँपालिकाका २६ वर्षीय पुरुष रहेको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
ती पुरुषले गत सोमबार फरक क्षमता भएकी बोल्न सून्न नसक्ने ३२ बर्षकी दिदीलाई घरमा सुतिरहेको ठाउँबाट करणी गरेको जाहेरीको आधारमा पक्राउ गरिएको डिएसपी दाहालले बताए ।
पिडित महिलाले घटना बारे श्रीमान्, जेठानी लगायत परिवारका अन्य सदस्यलाई बताएका थिए । घटनाबारे थाहा भएपछि ती पुरुष घरबाट भागेका थिए । उनलाई आफ्नताको घरमा लुकीछिपी बसेको अवस्थामा मंगलबार राती पक्राउ गरेको हो।
पक्राउ परेकाविरुद्ध बुधबार जबर्जस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
