काठमनान्डौं । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिका सदस्य चन्द्र प्रसाद ढकालले राजीनामा दिएका छन्।
ढकालले महासंघका अध्यक्ष गोल्छालाई कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका थिए। बिहीबारदेखि लागू हुने गरी ढकालले बोर्डबाट राजीनामा दिएको र महासंघको प्रतिनिधिको रुपमा बोर्ड नरहने जानकारी महासंघले बोर्डलाई गराएको छ।
धितोपत्र बोर्डको सञ्चालकको पदमा ढकाल रहँदा उनको परिवार सदस्यले बुलबिल्डिङमार्फत बिक्रीको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयरमा लगानी गरेपछि ढकाल विवादमा तानिएका थिए।
सोही सेयर खरिद प्रकरणमा तानिएका चन्द्रसिंह साउदले नेप्सेको सीईओबाट मंगलबारमात्रै राजीनामा दिएका थिए।