• बिहिबार, साउन १४ २०८३

बुधबार थपिए २ हजार ४८२ कोरोना संक्रमित, ४४ जनाको मृत्यु


बुधबार, भाद्र ९ २०७८
605
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बुधबार १५ हजार २ सय ९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ११ जनाको पिसिआर र ५ हजार ५ सय ७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, १ हजार ७ सय ८१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप ४४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ।

अहिले सक्रिय संक्रमित ३८ हजार २ सय ८७ रहेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये ३५ हजार २५० जना होम आइसोलेसन र ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार