• बिहिबार, साउन १४ २०८३

गण्डकी प्रदेश सरकारलाई ८५ लाख रुपैयाँको स्वास्थ्य सामग्री उपलब्ध


बुधबार, भाद्र ९ २०७८
640
Shares


पोखरा । गण्डकी प्रदेश सरकारलाई झण्डै ८५ लाख रुपैयाँ बरारबरको स्वास्थ्य सामग्री उपलब्ध भएको छ ।

प्रतिमान निमा स्मृति प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रदेश सरकारलाई सहयोग गरेको हो ।

प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले उक्त सामग्री मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरेकी हुन् ।

सहयोग स्वरुप प्राप्त स्वास्थ्य सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई हस्तान्तरण गरे ।

प्रतिष्ठानले गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री सहयोग गरेको हो ।

अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाएको प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले बताइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार