काठमान्डौं । सेयरबजार आज पनि राताम्य भएको छ।
सेयर बजार नेप्से सूचक ४८.४२ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आजको कारोबारमा २ सय २७ कम्पनी सामेल भएकामा १ करोड ९५ लाख ९९ हजार कित्ता सेयर बिक्री भएको छ। आज १२ अर्ब ९ करोड २१ लाख रुपैयाँको कारोबार भएको हो।
आजको बजारमा १३ वटा उपसूचक ओरालो लागेको नेप्सेले जनाएको छ। धेरै अंकले झर्नेमा निर्जीवन र जीवन बीमा समूह छन्। उनीहरुको क्रमशः ४२२.५३ र ३५४.७४ अंकले घटेको छ। त्यस्तै विकास बैंक उत्पादनलगायतका उपसमूहको सूचक पनि उच्च अंकले घटेको छ।
आज खानीखोला हाइड्रोको नकारात्मक सर्किट लाग्दा जीवन विकास लघुवित्तको सकारात्मक सर्किट लागेको छ। बजारमा आज सर्वाधिक ४८ करोडसम्मको कारोबार भएको छ।