• शुक्रबार, असोज ९ २०८३

लकडाउन अवधिमा नेपाल एयरलाइन्सलाई १० अर्ब ७६ करोड घाटा


बुधबार, भाद्र ९ २०७८
1.4K
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले लकडाउन अवधिमा १० अर्ब ७६ करोड रुपैयाँ आम्दानी गुमाएको छ ।

गत २०७६ चैतदेखि २०७७ असारसम्मको अबधिमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण नेपालमा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो । जसले गर्दा नेपाल एयरलाइन्सको आम्दानीमा असर गरेको हो ।

यो अवधिमा कुल १० अर्ब ७६ करोड ५२ लाख रुपैयाँ आम्दानी गुमेको नेपाल एयरलाइन्सले जनाएको छ । महामारीका कारण सेवा बन्द हुनु, देशभित्र र बाहिरका यात्रुले अग्रिम रुपमा लिएका टिकट वापतको रकम फिर्ता गर्नुपरेको र ग्राउण्ड हृयान्डलिङ वापतको राजस्व समेत गुमेको नेपाल एयरलाइन्सले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार