• शुक्रबार, असोज ९ २०८३

तीन तला माथिबाट खसेर २८ वर्षीय युवकको मृत्यु


बुधबार, भाद्र ९ २०७८
780
Shares


काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० मा तीन तला माथिबाट खसेर एकजना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रागिरीका २८ वर्षीय सञ्जीव महर्जन छन् । मंगलबार राति महर्जनको खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मामा नाता पर्ने विनोद जोशीको घरमा गएको अवस्थामा खसेर गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार