• शुक्रबार, असोज ९ २०८३

गोरखाका एक पुरुष विभिन्न वन्यजन्तुको आखेटोपहारसहित पक्राउ


बुधबार, भाद्र ९ २०७८
680
Shares


गोरखा । विभिन्न वन्यजन्तुको आखेटोपहारसहित गोरखाका एक पुरुष पक्राउ परेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका—५ घर भएका ६५ वर्षीय सोनाम तामाङ रहेका छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरीले जाँच गर्ने क्रममा विभिन्न वन्यजन्तुको आखेटोपहारसहित तामाङलाई पक्राउ गरेको हो ।

उनको साथबाट २ थान हुचिलको खुट्टा जस्तो देखिने वस्तु, २ थान हुचिलको पञ्जा जस्तो देखिने बस्तु, २ थान हाल एकिन हुन नसकेको हड्डी, ४ सय ग्राम एकिन हुन नसकेको जनावरको सुकुटी, ३ थान शंख जस्तो देखिने वस्तु, १ थान सेतो टल्कने ढुङ्गा र नगद ४० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

तामाङसहित शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागि पुरातत्व विभाग रामसाहपथ डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार