• शुक्रबार, असोज ९ २०८३

चीनले स्कुलदेखि विश्वविद्यालयसम्म ‘सी विचारधारा’ पढाउने


बुधबार, भाद्र ९ २०७८
710
Shares

चीनले स्कुलदेखि विश्वविद्यालयसम्म ‘सी विचारधारा’ पढाउने भएको छ ।

सरकारले राष्ट्रिय पाठ्यक्रममै ‘सी विचारधारा’ अर्थात् ‘सी चिनफिङ थट’ समावेश गर्नलागेको हो।

चिनियाँ शिक्षा मन्त्रालयले मंगलबार जारी गरेको नयाँ निर्देशिकामा राष्ट्रपति सी चिनफिङको विचारधारा प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मको कोर्समा समावेश गरिने उल्लेख छ।

‘सी विचारधारा’मा मुख्य १४ सिद्धान्त छन् जसले कम्युनिस्ट आदर्शलाई प्रतिविम्बित गर्छन्

यसले पूर्ण र गम्भीर सुधारको आह्वान गर्छ, विकासको नयाँ सोचको आह्वान गर्छ। मानिस र प्रकृतिबीच सुमधुर जीवनयापनको प्रतिज्ञा गर्छ। सेनामाथि पार्टीको निर्विकल्प अधिकारको पहिचान गर्छ। एक देश दुई व्यवस्थाको महत्तालाई जोड दिँदै मातृभूमिमा एकीकरणलाई बढावा दिन्छ। नयाँ गाइडलाइन्सले प्राथमिक विद्यालयलाई देश र चिनियाँ कम्युनिस्ट पार्टी र समाजवादप्रति माया देखाउनुपर्ने कुरालाई जोड दिएको छ भने माध्यमिक विद्यालयले अवधारणात्मक अनुभव र अध्ययन ज्ञानको मिलनलाई केन्द्रित गर्नुपर्ने र यसले विद्यार्थीलाई आधारभूत राजनीतिक निर्णय र विचार निर्माणमा सघाउ पुर्याउने ग्लोबल टाइम्सले जनाएको छ।

सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव र राष्ट्रपति बनेपछि सीले समाजका हरेक क्षेत्रमा कम्युनिष्ट पार्टीको भूमिकालाई बढाउँदै लगेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार