• शुक्रबार, असोज ९ २०८३

ज्येष्ठ नागरिकको चिन्ता : नागरिक नभई मरिने पो हो कि ?


बुधबार, भाद्र ९ २०७८
730
Shares

u08sL, ( ebf} M gful/stf kfpg] cfzdf j[4f>dsf Ho]i7 gful/s gful/stf k|df0fkq kfpg] cfzfdf /x]sf kf]v/f j[4f>ddf nfdf] ;dob]lv a:b} cfPsf Ho]i7 gful/s . kf]v/f–!& l;tfkfOnfl:yt j[4f>ddf cfl>t cf7 hgfsf] gful/stf gx'Fbf pgLx?n] /fHoaf6 kfpg] ;'ljwfaf6 ;d]t al~rt ePsf 5g . tl:a/M xl/ afF:tf]nf÷/f;;


गण्डकी । पोखरा वृद्धाश्रममा आश्रित ६ जना ज्येष्ठ नागरिकलाई यतिबेला एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि भन्ने । जीवनको उत्तरार्ध अवस्थासम्म पनि आफ्नो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उनीहरु चिन्तित बनेका छन् ।

सानै उमेरमा आमाबाबु गुमाउँदा बाल्यकालदेखि अर्काको घरमा श्रमिकका रुपमा काम गर्नुपरेको उनीहरु बताउँछन् । नागरिकता नहुँदा राज्यबाट पाउने सुविधाबाट पनि वञ्चित हुनुपरेको उनीहरुको दुःखेसो छ ।

वृद्धाश्रमकै सहारामा बाच्नु परे पनि कमसेकम नागरिकता लिएर आफूहरु नेपाली भएर बाँच्न पाउने आशामा रहँदै आएको ८० वर्षीया फूलमाया भुजेल बताउँछिन् । पोखराको नयाँ बजार घर भएकी उनी राम्रोसँग बोल्न र सुन्न नसक्ने अवस्थामा छिन् । एक दशकभन्दा बढी समयदेखि पोखरा उनी वृद्धाश्रममा बस्दै आएकी छन् ।

सहारा दिने कोही आफन्त नभएर नै वृद्धाश्रम पुगेकी उनी नागरिकता नपाउँदा थप चिन्तित बनेकी छन् । ‘आफू नेपाली नागरिक भएर पनि नागरिक नभए जस्तो लागिरहेको छ,’ उनले भनिन् ।

फुलमाया जस्तै लमजुङको राइनास मोहोरियाकोट जन्मस्थान भई घर परिवारको मायाबाट वञ्चित ७८ वर्षीय हरिबहादुर थापा आठ वर्षदेखि उक्त वृद्धाश्रममा बस्दै आएका छन् । ‘बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि’ भने जस्तै श्रीमती, एक छोरा र दुई छोरीका यी अभिभावक यतिखेर आफन्तविहीन जस्तो भएर वृद्धाश्रममा बस्न बाध्य छन् ।

आफूले सक्दो उमेरसम्म तीनैजना छोराछोरी र श्रीमतीका लागि भारतमा मजदुरी गरेको स्मरण गर्दै उनले अहिले पक्षघात भई अशक्त भएका अवस्थामा वृद्धाश्रमको सहारा खोज्नु परेको दुःखेसो गरे । उमेर हुने अवस्थासम्म भारतको मजदुरी नै महत्वपूर्ण भयो नागरिकता बनाउने सोच नै बनेन अहिले परिवारबाट हेला भएको अवस्थामा राज्यबाट पनि नागरिकता नपाएर हेपिएको महसुस भएको उनले बताए ।

वृद्धाश्रममा आश्रित पर्वतको देउपुरका ६० वर्षीय राम गुरुङ, नवलपुरका रामचन्द्र चौधरी, नारायण ढकुरी, धनबहादुर गुरुङको पनि अहिलेसम्म नागरिकता छैन । उनीहरु आश्रममा पुग्ने जो कोहीसँग पनि नागरिकता प्रमाणपत्र पाउने आशा देखाउने गरेका छन् ।

सानै उमेरमा आमाबुबा गुमाएर टुहुरो बनेका कारण आफन्तको घरमा बसेर हुर्केका अधिकांशको नजिकैका नातेदार तथा ठेगाना पत्ता नलाग्दा अस्पताल, प्रहरी र समाजका विभिन्न संघ संस्थाको माध्यमबाट आश्रम आइपुग्ने गरेको वृद्धाश्रमको तथ्याङ्कमा उल्लेख छ ।

वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमुख जिल्ला अधिकारीका पहलमा यसअघि १० आमाबुबाको नागरिकताको प्रमाणपत्र बनाइएको जानकारी दिए । बाँकी ६ जनाको पनि नागरिकता निकाल्न पहल भइरहेको उनको भनाइ छ ।

‘समाजका विपन्न, असहाय परिवारबाट अपहेलित ज्येष्ठ नागरिकलाई आवासीय व्यवस्था गर्ने लक्ष्यका साथ २०५२ सालमा स्थापना गरी सञ्चालनमा आएका वृद्धाश्रममा हाल ४० ज्येष्ठ नागरिकसहित १२ सेवकसेविका गरी कुल ५२ को परिवार रहेको छ,’ उनले भने, ‘तीनै तहका सरकार, विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगबाट आश्रम यतिखेर भौतिक रुपमा सम्पन्न भए पनि दैनिक खर्च सञ्चालन गर्न भने धौधौ पर्ने गरेको छ ।’

यसैबीच पोखरा महानगरपालिका– ९ का दीपक बाटाजु र सिर्जना बाटाजुले आफ्नो वैवाहिक स्वर्णजयन्तीका उपलक्ष्यमा ६ लाख ५१ हजार पाँच रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार