• शुक्रबार, असोज ९ २०८३

स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धि बिषयक अन्तरक्रिया कार्यक्रम गोरखामा सम्पन्न


बुधबार, भाद्र ९ २०७८
780
Shares

गोरखा । स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धि नमुना कार्यबिधि कार्यान्वयन बिषयक अन्तरक्रिया कार्यक्रम गोरखामा सम्पन्न भएको छ ।

नेपाल युवा संस्था संञ्जाल आयोनको आयोजनामा संचालन भएको उक्त कार्यक्रम हिजो र्भचुअल माध्यमबाट सम्पन्न भएको हो । कार्यक्रममा प्रस्तावित नमुना तथा कार्यविधिको बारेमा आयोनका उपाध्यक्ष अशोक खनाल र राष्ट्रिय युवा परिषद्का सदस्य मिरा काफ्लेले सहजिकरण गरेका थिए ।

प्रस्तावित नमुना कार्यविधि युवाको उमेर समुहका आधारमा विभाजन गरि एकिकृत हिसावले युवाहरुलाई विकास निर्माणमा सहभागिता गर्नको लागि बनाएको उपाध्यक्ष खनालले जानकारी दिए । नमुना युवा कार्यक्रमहरु, विपद्मा स्यवंसेवा, नविनतम् काम र युवालाई उद्यमशिलतामा जोड दिएको उनले बताए ।

कार्यक्रममा बोल्दै पालुङटारका मेयर दिपक बाबु कडेंलले कार्यविधिमा जे लेखिएको भएता पनि वर्षमा झण्डै ५ लाख युवा बजारमा आउने र आन्तरिक बजारमा अत्यन्तै कम रोजगारी भएकाले रोजगारी सिर्जना गर्ने खालको काम जरुरी भएको बताए ।

उपभोक्ता समिति, अनुगमन समितिमा युवा भन्दा पनि पेशागत व्यक्तित्ववाट काम गर्न जरुरी रहको बताँउदै युवालाई नैतिक शिक्षा, जीवनोपयोगी सीप जस्ता कार्यक्रम मार्फत जोडेर सकारात्मक काममा जोड दिन जरुरी भएको उनको भनाई छ ।

नमुना कार्यविधिलाई नगरपालिकाले सकरात्मक लिएको र नगरको आन्तरिक कार्यक्रमलाई मिलाई आवश्यकता अनुसार स्वीकृती गरि कार्यान्यनमा लैजाने बताएका थिए । कार्यक्रममा ३५ जना युवाहरुको सहभागितका रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार