काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज मंगलबार ३०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा झरेको हो ।
यस्तै चाँदी पनि हिजोको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २१० रुपैयाँमा उक्लिएको हो ।
महासंघका अनुसार यता तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घटेर मंगलबार ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।