• शुक्रबार, असोज ९ २०८३

तालिबानले नियुक्त गर्यो अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री


बुधबार, भाद्र ९ २०७८
620
Shares

काठमाडौं । आफगानिस्तानमा तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ । साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरेको छ ।

तालिबानले मंगलबार गुल आगालाई अर्थमन्त्री र सदर इब्राहिमलाई कार्यवाहक गृहमन्त्री बनाएको हो । यसैगरी सखउल्लाहलाई कार्यवाहक शिक्षा प्रमुख र अब्दुल बाकीलाई उच्च शिक्षाको कार्यवाहक प्रमुख, मुल्ला शिरिन काबुलको गभर्नर, हमदुल्ला नोमानी काबुलको मेयर र नजिबुल्लाह गुप्तचरको प्रमुख, बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाउका छन ।

तालिबानले अमेरिकी सैनिकलाई ३१ अगष्टपछि अफगानिस्तानमा रहन नदिने पनि जनाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार